नियम १०६
कर्पोरेशनको व्यवस्था
(१) समितिको आदेश र निर्देशनको अधीनमा रही कर्पोरेशनको दैनिक प्रशासन र व्यवस्था सम्बन्धी समस्त कामको उत्तरदायित्व समितिको सचिवको हैसियतले समेत म्यानेजिङ्ग डाइरेक्टरमा रहनेछ ।
(२) म्यानेजिङ्ग डाइरेक्टरको सेवाको शर्त, मेहनताना र अन्य सुविधाहरू विनियममा तोकिए बमोजिम हुनेछ ।